PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

उपत्यकाका तीनवटै जिल्‍ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा दुई साताका लागि बन्द



पहिलोपोस्ट

उपत्यकाका तीनवटै जिल्‍ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा दुई साताका लागि बन्द

काठमाडौं: उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा दुई साताको लागि अत्यआवश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ।

आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको वैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्याआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो।' दुई साताको लागि अत्यआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भयो,' जिल्ला प्रशासन कार्यकलय भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ६ सय ७४ जना संक्रमित भइसकेका छन्। जसमा ४ सय ७२ जना काठमाडौं,  १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुरका रहेका छन्। पछिल्लो समय उपत्यकाभित्र संक्रमितको सङ्ख्या थपिदै गएपछि यस्तो निर्णय गरिएको हो।

त्यस्तै भिडभाड र सार्वजनिक ठाउँमा जाँदा मास्क नलगाउनेलाई थप कडाईका साथ कारबाही गर्न निर्देशन दिने समेत निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell