PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

श्रीलंकाका प्रधानमन्त्रीलाई ओलीको फोन, जितका लागि दिए बधाई



पहिलोपोस्ट

श्रीलंकाका प्रधानमन्त्रीलाई ओलीको फोन, जितका लागि दिए बधाई

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई टेलिफोन गरेका छन्। आज दिउँसो फोन गर्दै ओलीले संसदीय निर्वाचनमा श्रीलंका पीपुल्स फ्रन्ट (एसएलपीपी) को दुई तिहाइ बहुमत जितका लागि प्रधानमन्त्री राजापाक्षेलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री ओलीले ट्वीटरमा एसएलपीपीको जितका लागि सरकार, नेपाली जनता, नेकपा र आफ्नो व्यक्तिगत तर्फबाट राजापाक्षेलाई टेलिफोन गरी बधाई दिएको उल्लेख गरेका छन्।

एसएलपीपी पार्टीले कुल २ सय २५ मा १ सय ४५ सीट जितेको छ। पाँच सीट श्रीलंका पीपुल्स फ्रन्टकै सहयोगी पार्टीहरूले पाएका छन्। दुई तिहाई बहुमत जितसँगै श्रीलंकामा फेरि राजापाक्षे प्रधानमन्त्री बन्दैछन्। राजापाक्षेको सफल कार्यकालको लागि ओलीले शुभकामना व्यक्त गरेका छन्।

राजापाक्षेका दाई गोटब्या राजपाक्षे श्रीलंकामा राष्ट्रपति छन्। राष्ट्रपतिले यो जीत पार्टीका लागि प्रस्तावित 'संवैधानिक परिवर्तन'का लागि आवश्यक रहेको बताएका छन्। श्रीलंकामा एसएलपीपीले ९ महिना अघि मात्र राष्ट्रपति चुनाव जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell