PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

विराटनगरका ३२ जनासहित प्रदेश १ मा थप ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि



फूलमाया पुरी

विराटनगरका ३२ जनासहित प्रदेश १ मा थप ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

एक हजार ६९४ जनाको पीसीआर परीक्षण गर्दा १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संक्रमण देखिनेमा मोरङका ६४, झापाका २ र सुनसरीका १ जना रहेका छन्। मन्त्रालयको तथ्याकंअनुसार मोरङको विराटनगर महानगरपालिकाका २४ पुरुष ८ महिला, रंगेलीमा नगरपालिकाका २३ पुरुष ६ महिलामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै बुढीगंगा गाउँपालिकाका २ पुरुष, कटहरी गाउँपालिकाकी १ महिलामा पनि कोरोना संक्रमण देखिएको छ। झापाको मेचीनगर र विर्तामोडका १–१ पुरुष र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ।

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन्।

कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका हुन्।

डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ।

कोभिड १९ संक्रमणका कारण कोशी अस्पतालमा एक व्यक्तिको मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ भएको पनि मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell