PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

साम्राज्ञी र आनासँग स्क्रिन शेयर गर्दै मनिष



पहिलोपोस्ट

साम्राज्ञी र आनासँग स्क्रिन शेयर गर्दै मनिष

नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ फिल्ममा ‘प्रेम गीत ३'का हिरो मनिष राउतले काम गर्ने भएका छन्।

आफ्नो पहिलो फिल्म रिलीज नहुँदै नायक राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन्। ‘प्रेम गीत ३'मा नायक प्रदीप खड्कासँग काम गरेका मनिषले आगामी चलचित्रमा प्रमुख भूमिका निभाउँदै छन्। तीनै कलाकारसँग बिहीवार सम्झौता भएको छ।

सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा मनिष, साम्राज्ञी र आनाको अभिनय एकसाथ हेर्न पाइने छ। यो फिल्मलाई यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दैछन्। पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन्। फाइनल स्क्रिप्टमा काम भइरहेको र फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए।

‘युवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको हो। अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ। हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौं,’ निर्देशक पौडेलले भने।

‘कमिङ् एजको कथामा हामीले दुई बर्षदेखि काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ। कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौं,’ उनले थपे। ‘डक्टर डेनिम’को प्रस्तुतिमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन्। सह निर्माता करन साउद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell