PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु शीतल निवासमा



पहिलोपोस्ट

ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु शीतल निवासमा
तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारमा सरकारबाट भए/गरेका काम कारवाहीबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउन मन्त्रीहरु शीतल निवास पुगेका हुन्।

उपप्रम पोखरेलका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतको टोलीले शीतल निवासमा राष्ट्रपति भण्डारीलाई कोभिड-१९ महामारीविरुद्ध सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।

उक्त अवसरमा राष्ट्रपतिले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको बताइन्।

तर, बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गरिन्।

हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा पनि चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell