PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको कारोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।  प्रधानमन्त्रीको शुक्रबार बिहान स्वाब लिइएको थियो। साउन १६ गते प्रधानमन्त्रीसँग भेट गरेका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्रीको पनि स्वाब लिइएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रिपोर्ट नेगेटिभ आएको बताए।

शुक्रबार बिहान बालुवाटारबाट प्रधानमन्त्रीसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा। शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराईको स्वाब लिइएको थियो।

यस्तै प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पनि परीक्षण नतिजा नेगेटिभ आएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell