PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

गण्डक कोभिड अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ



राधेश्याम पटेल

गण्डक कोभिड अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ

वीरगंज : वीरगंजमा शुक्रवार मृत्यु भएका एक जना पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ। 

वीरगंज महानगरपालिका वडा नम्बर ३ का छपकैयाँका ५७ वर्षीय पुरुषको शुक्रवार राति साढे १२ वजे गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। नारायणी अस्पतालमा उनको स्वाब परीक्षण गर्दा साँझ ५ वजे कोरोना पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

उनी करिब एक हप्ता अघिदेखि रुघा, खोकी र ज्वरोले ग्रसित थिए। विर्तास्थित एडभान्स हस्पिटलको आकस्मिक कक्षमा सामान्य उपचारपश्चात उनलाई राति नै नेशनल मेडिकल कलेज लगिएको थियो। नेशनल मेडिकल कलेजले उनलाई भर्ना गर्न नमानेपछि गण्डक कोभिड अस्पताल पुर्‍याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell