PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१९१ यात्रु सवार एयर इन्डियाको विमान केरलामा दुर्घटना, जहाज दुई टुक्रा



पहिलोपोस्ट

१९१ यात्रु सवार एयर इन्डियाको विमान केरलामा दुर्घटना, जहाज दुई टुक्रा
Photo: ANI

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परेको छ। भारतको दक्षिणी राज्य केरलाको एयरपोर्टमा विमान दुर्घटना भएको हो।  विमान चालकसहित दुई जनाको मृत्यु भएको समाचारहरुमा जनाइएको छ।

विमान अवतरण गर्ने क्रममा रनवे बाहिर पुगेको बीबीसीले उल्लेख गरेको छ। दुबईबाट आएको सो बिमान कालिकट एयरपोर्टमा भारी वर्षाका बीच दुर्घटनामा परेको भारतको उड्डयन प्राधिकरणले जनाएको छ। दुर्घटना स्थानीय समय अनुसार करिब ७ वजेतिर भएको हो। 

विमानमा १९१ जना यात्रु रहेको बताइएको छ। एयरलाइन्सका प्रवक्ताका अुनसार अधिकांश यात्रु घाइते भएका छन्। विमानस्थलमा आकस्मिक उद्धारको कार्य जारी रहेको बताइएको छ।

दुर्घटनामा के कति क्षति पुग्यो भन्ने यकिन जानकारी आइसकेको छैन। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विमान दुई टुक्रा भएको देखिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell