PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



पहिलोपोस्ट

रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

युरोपियन च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनिस महारथि रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ। इतिहाड स्टेडियममा भएको गएरातिको खेलमा २-१ ले जित निकालेको सिटीले समग्रमा ४-२ ले मड्रिडलाई पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो।

सिटीको जितमा रहिम स्टर्लिङ र गाब्रियल जिससले गोल गरे। खेलको नवौं मिनेटमै स्टर्लिङले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको २८ औं मिनेटमा मड्रिडका करिम बेन्जेमाले गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा जिससले सिटीको जितका लागि निर्णायक गोल गरे। उनले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए। पराजयसँगै रियल मड्रिड च्याम्पियन्स लिगको होडबाट बाहिरिएको छ। अघिल्लो लेगमा पनि २-१ ले जित निकालेको सिटीले समग्रमा ४-२ को जित निकाल्यो।

सिटीले क्वाटरफाइनलमा फ्रेन्च क्लव लियोनको सामना गर्नेछ। लियनले गएरातिको खेलमा पराजयको बावजुत समग्रमा युभेन्टसलाई पछि पार्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell