PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भारतीय हक्की टिमका कप्तानसहित ४ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

भारतीय हक्की टिमका कप्तानसहित ४ जनामा कोरोना संक्रमण

भारतीय हक्की टिमका कप्तान मनप्रीत सिंहसहित चार जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ। अभ्यासका लागि फर्कन बेंगलुरु हक्की सिविरमा गरिएको परीक्षणमा कप्तानसहित ४ जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको स्पोर्टस्ट अथोरिटी अफ इन्डिया (एसएआई) ले जनाएको छ।

कोरोना पुष्टी हुने खेलाडीहरुमा कप्तान सिहंसहित सुरेन्द्र कुमार, जसकरण सिंह र वरुण कुमार रहेका छन्। कोरोना संक्रमित खेलाडीहरुले सँगसँगै यात्रा गरेको बताइएको छ। खेलाडीहरुलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा पठाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

'खेलाडीहरुको समयमै परीक्षण गरिएकोमा म खुशी छु। जसले गर्दा समयमै संक्रमणकोबारेमा थाहा भयो। म ठीक छु र चाँडै ठीक हुने विश्वास छ,' भारतीय हक्की टिमका कप्तान मनप्रित सिंहले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell