PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोझिकोड विमान दुर्घटनामा १७ जनाको निधन, दुबईबाट आएको विमानमा थिए रोजगार गुमाएकादेखि उपचाररत् बिरामीसम्म



पहिलोपोस्ट

कोझिकोड विमान दुर्घटनामा १७ जनाको निधन, दुबईबाट आएको विमानमा थिए रोजगार गुमाएकादेखि उपचाररत् बिरामीसम्म

शुक्रवार राती भारत, केरलास्थित कोझिकोड विमानस्थलमा भएको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई पाइलटसहित १५ जना यात्रुले ज्यान गुमाएका हुन्।

बीबीसी हिन्दीले जनाए अनुसार विमान अवतरण गर्ने क्रममा रनवे बाहिर पुगेको थियो। दुबईबाट आएको उक्त विमान भारी वर्षाका बीच दुर्घटनामा परेको भारतको उड्डयन प्राधिकरणले जनाएको छ। साँझ करिव ७ बजे अवतरण गर्न लागेको विमानमा चालकहरूसहित १९० जना यात्रु थिए। जसमध्य १० जना बालबालिका थिए।

मल्लपुरमका आइजीपी अशोक यादवका अनुसार १ सय ६० घाइतेको अलग अलग अस्पतालमा उपचार भइरहेको छ। २५ यात्रु गम्भीर घाइते छन्।

ती यात्रुमध्ये २६ जना दुबईमा जागिर गुमाएकाहरू थिए। त्यस्तै २८ जनाको भिजाको म्याद सकिएको थियो। ५४ मानिस घुम्नका लागि दुबई गएका थिए र कोरोना भाइरस महामारीका कारण उतै रहेका थिए। ६ जना मानिस भने उपचारका लागि र ३ विवाहका लागि भारत आएका थिए।

भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्वीटमार्फत् दिएको जानकारी अनुसार दुर्घटनाबारे अनुसन्धानका लागि दुई वटा अनुसन्धान टोली गठन गरिएको छ। जसमध्ये एक टोली टिम एयर इन्डियाकै हुनेछ र अर्को टोली एयरपोर्ट्स अथरिटी अफ इन्डियाको हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell