PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अपमानविरुद्ध बोलिन् अभिनेत्री पूजा शर्मा, सोध्छिन् : कति सहने?



पहिलोपोस्ट

अपमानविरुद्ध बोलिन् अभिनेत्री पूजा शर्मा, सोध्छिन् : कति सहने?

केही समय सामाजिक सञ्जालमा ट्रोलको विषय बनिन् अभिनेत्री पूजा शर्मा। कारण एक अन्तर्वाताको फुटेज भाइरल हुनु। जसमा उनले देशमा कति वटा प्रदेश छन्? कति वटा जिल्ला छन्? तीन जना मन्त्रीको नाम भन्नुस्?

उनी अभिनेत्री हुनु र यी सामान्य प्रश्नहरूको जवाफ दिन नसक्नु आम सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मजाकको विषय बन्यो। जसबारे अभिनेत्री चुप रहिन्। प्रतिवाद गरिनन्, कुनै स्पष्टिकरण दिइनन्।

तर, उक्त अन्तर्वाता लिने पत्रकार प्रकाश सुवेदी पुन: एक पटक अभिनेत्री पूजा शर्मालाई व्यङ्ग्य गर्दै प्रस्तुत भए। नेपाली फिल्म सम्बन्धी जानकारी दिइने भनिएको कार्यक्रममा ती पत्रकार व्यक्तिगत अपमान गर्न पछि परेनन्। पूजाको शारीरिक एवं बौद्धिकतामाथि समेत बोले। भने,’आफै नजान्ने अनि हामीले चाहिं लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाइ मिलाइ महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’

उनको त्यस अपमान जनक टिप्पणी टिभीमार्फत् प्रसारण भए पछि भने पूजा शर्मा बोलेकी छिन्। उनले प्रश्न गरेकी छिन् :  कति चुप रहने? कति सहने?

शर्माले आफूलाई सामानुय ज्ञानसँग सम्बन्धित प्रश्न गर्दा उत्तर नआएको स्वीकार्दै भनेकी छन्,’मैले जवाफ दिन सकिँन। कृपया त्यो काटिदिनुस् भनेकी थिएँ। तर त्यो प्रसारण भयो। भाइरल भयो। म ट्रोल बनें। चुप बसें।‘

उनले आफ्नो कमजोरी भएकै कारण चुप बेसेको जनाएकी छिन्।  

पछि सोही पत्रकारले नयाँ अन्तर्वाताका लागि बोलाउँदा आफूले अस्वीकार गरेको र ती पत्रकार व्यक्तितग अपमानमा उत्रिएको उनको आरोप छ। लेखेकी छिन्,’म मानसिक तनाव झेलिरहेकी थिएँ। अब फेरी पूरानो गल्ती कसरी गर्न सक्थें? म त्रसित पनि थिए, त्यसैले मैले सरी दाइ म आउन सक्दिँन भने। तर, त्यसपछि उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर ‘दारा निस्केको महानायिका’ भनेर मानहानी गर्न कुनै कसर छोड्नु भएन।‘

पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ?

उनले प्रश्न गरेकी छिन्। पत्रकारले प्रयोग गरेको अमर्यादित शब्द वा वाक्य सम्पादन नगरिएकोमा पनि उनको आपत्ती छ।  

प्रकाश सुवेदीले उक्त भिडियोमा आफूले ५ वटा फरक पुस्ताका अभिनेत्रीहरूको अन्तर्वाता लिनुलाई ‘खप्परमा लेखिएको’ बताएका छन्। एक बलिउड अभिनेत्रीको अवस्था व्याख्या गर्दै नेपाली अभिनेत्रीहरूलाई धेरै घमण्ड नगर्न चेतावनी समेत दिएका छन्।

हाल उनले बोलेका विषयबारे आलोचना भइरहेको छ।

कतिचूप रहने ?कति सहने? Prime tv मा अन्तर्वार्तामा बोलाइयो गएँ सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो Interview चल्दा...

Posted by Pooja Sharma on Friday, August 7, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell