PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कोभिड-१९ : नारायणी अस्पतालका ल्याब टेक्निसियन, बहुदरमाईका मेयरसहित ५५ जनामा संक्रमण पुष्टि



राधेश्याम पटेल

कोभिड-१९ : नारायणी अस्पतालका ल्याब टेक्निसियन, बहुदरमाईका मेयरसहित ५५ जनामा संक्रमण पुष्टि

वीरगंज : वीरगंजमा ७ जना महिला र ४८ जना पुरुष गरी कुल ५५ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल पीसीआर ल्याबले शुक्रवार राति सार्वजनिक गरेको रिपोर्टअनुसार २२ वर्षदेखि ७४ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोभिड-१९ संक्रमण पुष्टि भएको नारायणी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।

उनका अनुसार ५५ जनामा एक जना वीरगंज ३ छपकैया बस्ने ७४ वर्षीय वृद्धको शवको रिपोर्ट पनि समावेश रहेको छ। उनको उपचारको क्रममा बिहीवार राती साढे १२ बजे गण्डक कोभिड अस्पतालको आकास्मिक कक्षमा मृत्यु भएको थियो भने शुक्रवार साझ ५ बजे उनको रिपोर्ट पोजेटिभ देखिएपछि कोभिड-१९ संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो।

त्यसैगरी, ५५ जनामा एक जना सर्लाहीका घर भई डुगर प्रालि वीरगंजका कार्यालयमा कार्यरत २६ वर्षिय पुरुषमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ भने तीन जना बाराका रहेका छन्।

बाराका तीन जनामध्ये कलैया १० घर भई नारायणी अस्पतालको ल्याबमा काम गर्ने ३१ वर्षिय प्राविधिक रहेका छन्। त्यसैगरी, बारा मनहर्वाका ४३ वर्षीय र भलुही भरवलियाका ३१ वर्षीय पुरुषमा पनि कोभिड-१९ पुष्टि भएको छ। ५५ जनामा ५१ जना पर्साका संक्रमित रहेकोमा एक जनाको मृतकको रिपोर्टबाहेक ५० जनामध्ये २३ जना वीरगंजको विर्ता, छपकैया, आदर्शनगर, नगवा, सबैठवा, श्रीपुर, राधेमाई, तेजारथटोल, भिस्वा, मुर्लीलगायत ठाउँका रहेका छन्।

त्यसैगरी, पर्सा बहुदरमाई नगरपालिका, विन्दावासिनी, छिपहरमाई गाउँपालिकालगायतमा पनि कोभिड-१९ संक्रमण देखिएको छ। बहुदरमाई नगरपालिकाका ४० वर्षीय मेयर नितेन्द्र साह तेलीमा पनि कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यसैगरी, बहुदरमाई नगरपालिकाका वैरियाविर्ता क्वारेनटाइनमा रहेका १२ जनामा संक्रमण देखिएको छ। बहुदरमाईको नगरदाहा, गम्हरीया, भौराटार, वैरिया २, बहुअरी पिडरीलगायत टोलका संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell