काठमाडौः प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको कोभिड-१९ रिपोर्ट नेगेटीभ आएको छ।
प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड-१९ भएको पुष्टि भएपछि मन्त्री कार्कीको कोशी अस्पतालमा स्वाब परीक्षण गरिएको थियो।
कोरोना देखिएका मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए। त्यही क्रममा मन्त्री कार्कीसँग पनि उनको सम्पर्क भएको थियो।
यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।
मन्त्री यादवलाईकोभिड-१९ देखिएपछि होम क्वारेन्टाइनमा रहेका कार्की सहित उनको सम्पर्कमा रहेका केहीको पीसीआर परीक्षण गरिएको थियो।
