PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गृहमन्त्री थापाको कोभिड-१९ रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

गृहमन्त्री थापाको कोभिड-१९ रिपोर्ट नेगेटिभ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड-१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि कोभिड-१९ परीक्षण गरिएको थियो। गृहमन्त्रीको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन्।

कोभिड-१९ देखिएका मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।

यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।

त्यसपछि प्रधामनमन्त्री केपी शर्मा ओली, गृहमन्त्री थापालगायत सहभागी अन्यको पनि कोभिड-१९ परीक्षण गरिएको थियो।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell