PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

अस्पताल चहार्दै बित्यो रात : पीसीआर रिपोर्ट माग्दै आधा दर्जन अस्पतालले लिएन भर्ना, बिहान गयो ज्यान



राधेश्याम पटेल

अस्पताल चहार्दै बित्यो रात : पीसीआर रिपोर्ट माग्दै आधा दर्जन अस्पतालले लिएन भर्ना, बिहान गयो ज्यान

वीरगंज : वीरगंजमा शनिवार बिहान २ बजे एक २० वर्षीया महिलाको मृत्यु भएको छ। समयमा उपचार नपाएर वीरगंज–२ छपकैयाकी २० वर्षीया महिलाको मृत्यु भएको हो।

ती महिलाको ४ वर्षकी छोरी छन्। उपचारको क्रममा मृत्यु भएको परिवारजनले दाबी गरेका छन्। उपचारका लागि वीरगंजका आधा दर्जन अस्पतालले उनको भर्ना लिएन।

अन्तिम अवस्थामा गण्डक कोभिड अस्पतालमा उनको भर्ना भयो। तर त्यही नै उनको मृत्यु भयो।

तीन दिनदेखि ज्वरोले पीडित छपकैयास्थित औषधि पसलबाट लिएको एन्टीबायोटिक औषधि सेवन गर्दै आएकी थिइन्। शुक्रवार दिउँसो अचानक ज्वरो बढेपछि उनको उपचारका लाग वीरगंज भन्सार नजिक रहेको इन्डो नेपाल हस्पिटलमा लगियो। तर त्यहाँ पीसीआर रिपोर्ट बिना भर्ना गर्न मानेन। फेरि घरमै ल्याएर राखेपछि राति साढे १० बजे अचानक उनको स्वास्थ्यमा गडबडी भयो। त्यसपछि नारायणी, नेसनल मेडिकल कलेज, भवानी, बयोधालगायत अस्पताल चहार्दै चहार्दै साढे १ बज्यो। कुनै सीप नलागेपछि समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमदको सहयोगमा गण्डक कोभिड अस्पतालको संयोजक डा. उदयनारायण सिंहको सहकार्यमा राति २ बजेभन्दा १० मिनेट पहिले भर्ना गरियो।

तर त्यसको १० मिनेटपछि नै उनको ज्यान गयो। उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ। उनको मृत्युले वीरगंजको समाजिक सञ्जालमा स्थानीय निजी अस्पताल र प्रशासनको आलोचना भइरहेको छ। संकट व्यवस्थापन केन्द्रले जस्तो सुकै विरामीको छुटै आइसोलेसन वार्ड स्थापना गरी उपचार गर्नु भनी निर्णय गर्दासमेत त्यो निर्णयलाई यहाँका निजी अस्पतालले धोती लगाइरहेको वीरगंजवासीको प्रतिक्रिया छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell