PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

गर्मी बढेसँगै विद्युत माग पनि ह्वात्तै बढ्यो



पहिलोपोस्ट

गर्मी बढेसँगै विद्युत माग पनि ह्वात्तै बढ्यो

काठमाडौः केहि दिनयता देशका विभिन्न भागमा बढेको गर्मीका कारण विद्युत माग अहिले सम्मकै उच्च भएको छ।

शुक्रबार देशभर करिब २८ हजार मेगावाट आवर विद्युतीय ऊर्जाको माग भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

२७ हजार ८०० मेगावाट आवर विद्युतीय ऊर्जा माग हुँदा नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट १० हजार १४६ मेगावाट आवर ऊर्जा आपूर्ति भएको छ। निजी क्षेत्रका आयोजनाबाट १२ हजार ९८४ मेगावाट आवर आपूर्ति हुँदा भारतबाट ४ हजार ५२० मेगावाट आवर ऊर्जा आपूर्ति भएको छ। १५० मेगावाट आवर ऊर्जा भने आपूर्ति गर्न नसकिएको प्राधिकरणको तथ्याङ्क छ।

भारतबाट आयात गरिएको विद्युतको हिस्सा पनि लकडाउनन यताकै सबै भन्दा धेरै हो। विगतमा लकडाउन हुँदा भारतबाट दैनिक आयात हुने विद्युत ऊर्जा ५० मेगावाट आवर सम्ममा सिमित भएको थियो।

अहिले पिक डिमाण्ड बढेर १३ सय ५० मेगावाट पुगिसकेको छ। अन्य सामान्य समयमा पनि न्युनतम एक हजार देखि १२ सय मेगावाट सम्म विद्युत आपूर्ति हुने गरेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ।

रातको समयमा माग कम हुँदा प्राधिकरणले दैनिक विद्युत निर्यात पनि गरिरहेको छ। १०० देखि १५० मेगावाट सम्म विद्युत रातको समयमा भारतीय शहरमा आपूर्ति हुने गरेको छ। शुक्रबारको तथ्याङ्कमा १४ सय ६२ मेगावाट आवर विद्युत ऊर्जा भारत निर्यात गरिएको छ।

गर्मी बढेसँगै विद्युतीय उपकरण पंखा, एसी, कुलर, फ्रिज लगायतका उपकरणहरु धेरै चल्दा विद्युत माग पनि ह्वात्तै बढेको हो। यस अघि लकडाउन खुकलो हुँदा विद्युत ऊर्जाको माग २३ हजार देखि २६ हजार मेगावाट आवर सम्म हुने गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell