PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

काठमाडौंमा थप ५६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, तीन जनाको मृत्यु, कुन जिल्लामा कति थपिए?



पहिलोपोस्ट

काठमाडौंमा थप ५६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, तीन जनाको मृत्यु, कुन जिल्लामा कति थपिए?

काठमाडौं : पछिल्लो २४ घण्टामा ३७८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ७ हजार ८८८ जनाको नमुना परीक्षण गर्दा ३७८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमित हुनेहरुको संख्या २२ हजार ५९२ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

पछिल्लो पुष्टि भएका मृत्युहरुमा पर्सा जिल्ला वीरगंज ३ का ७४ वर्षका पुरुषको २३ गते गण्डक कोभिड अस्पतालमा मृत्यु भएको छ। त्यस्तै, मोरङ जिल्लाको विराटनगरका ५८ वर्षका पुरुषको २३ गते कोशी अस्पतालमा मृत्यु भएको छ। यसैगरी, २३ गते नै काठमाडौं टोखाकी ४१ वर्षकी महिलाको पाटन अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४९९ जना संक्रमित निको भएका छन्। योसँगै उपचार पछि डिस्चार्ज भएका संक्रमितहरुको संख्या १६ हजार ३१३ पुगेको छ। हाल संक्रमितमध्ये ६ हजार २०६ जना उपचारका क्रममा रहेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाका ५६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ललितपुरका ३ तथा भक्तपुरका पनि ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महोत्तरीका २ र सुनसरीका १९ तथा कोशी अस्पतालमा मोरङका २२ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङकै १ तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमै सप्तरीका १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १६, महोत्तरीका १४ र सर्लाहीका ३२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नारायणी अस्पताल प्रयोगशालामा बाराका २ र पर्साका ५३ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका २ तथा पर्सा र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। किटजन्य रोग अन्वेषण प्रयोगशालामा मकवानपुरका ६, बाराका ४ तथा रौतहट र सर्लाहीका ३/३ र सिन्धुलीका १ जनामा संक्रमण पुष्टि भएको छ।

धुलिखेल अस्पताल प्रयोगशालामा काभ्रेका ७ र रामेछापका ४ जनामा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पताल प्रयोगशालामा बारा, धादिङ र सिन्धुलीका १/१ जना तथा काठमाडौंका ५ धनुषाका २ र ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।

वीर अस्पताल प्रयोगशालामा धनुषा र दोलखाका २/२ तथा महोत्तरी, नुवाकोट, रामेछाप र रौतहटका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा धादिङ र काठमाडौंका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २९ तथा स्टार अस्पताल सानेपामा काठमाडौंकै १२ जनामा संक्रमण पुष्टि हुँदा विध ल्याबमा पनि काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३ काठमाडौंका २ तथा कञ्चनुपर, मोरङ र पर्साका १/१ जनामा संक्रमण पुष्टि भएको छ। बाग्लुङ जिल्लाका १३ जनामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

त्यस्तै, क्षयरोग उपचार केन्द्र प्रयोगशाला पोखरामा कास्कीका ३, स्याङ्जाका ७ तथा म्याग्दीका १ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा बाँकेका ४९, रुकुम पश्चिम र बर्दियाका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतकै ३ जना तथा चौरजहारी नगरपालिका प्रयोगशालामा जाजरकोटका १ जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा बझाङका ३ जनामा संक्रमण पुष्टि हुँदा सेती अस्पताल प्रयोगशालामा कैलालीका ४ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell