PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जनताप्रति सरकार गैर जिम्मेवार बनेको भन्दै पाटनमा साझा पार्टीले गर्‍यो नाटक मञ्चन

जनताप्रति सरकार गैर जिम्मेवार बनेको भन्दै पाटनमा साझा पार्टीले गर्‍यो नाटक मञ्चन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जनताप्रति सरकार गैर जिम्मेवार बनेको भन्दै विरोध स्वरुप साझा पार्टीले नाटक मञ्चन गरेको छ। साझा पार्टीले पाटन दरबार क्षेत्रमा सरकारलाई जिम्मेवार बन्न दबाब दिँने उद्देश्यले ‘३६५ दिननै गाइजात्रा : प्रतिस्थापन कला विद्रोह’ नाटक मञ्चन गरेको हो।

कोरोनाको महामारीमा सरकारले उचित कदम चाल्न नसकेको भन्दै सांकेतिक रुपमा खवरदारी गरिएको थियो। कोरोनाको महामारीबीच पनि सरकार कमिसन र भ्रष्टाचारको खेलमा लागेको नाटकमा देखाइएको थियो। साथै, सो क्रममा यौन हिंसा, हत्या, एसिड आक्रमणलगायतका विषयमा पनि खवरदारी गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell