PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चोरखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध



रासस

चोरखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
फाइल फोटो।

मुग्लिन : पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत शनिवार साँझ चितवनको इच्छाकामना-६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा राखिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell