PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



पहिलोपोस्ट

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्याम्पनाउमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकाल्यो। पहिलो लेगमा १-१ को बराबरी खेलेको बार्सिलोनाले समग्रमा ४-२ को जित निकाल्यो।

घरेलु मैदानमा बार्सलोनालाई क्लेमेन्ट लेनग्लेटले १० औं मिनेटमा राकेटीचको पासमा अग्रता दिलाएका थिए। खेलको २३ औं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले गोल थप्दा पहिलो हाफको अतिरिक्त समयमा लुइस स्वारेजले पेनाल्टीमार्फत गोल थपे। पहिलो हाफकै अतिरिक्त समयमा इभान राकेटिचले फउल गरेपछि नापोलीले पेनाल्टीको अवसर पायो र सान्त्वना गोल पनि फर्कायो। लोरेन्जो इन्साइनले नापोलीका लागि सान्त्वना गोल गरे।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्‍यो। समग्रमा ४-२ को जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको हो। अन्तिम ८ मा बार्सिलोनाले जर्मन महारथि बार्यन म्युनिखको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell