PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पोखरामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु, देशभर मृत्यु हुनेको सङख्या ७४ पुग्यो



पहिलोपोस्ट

पोखरामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु, देशभर मृत्यु हुनेको सङख्या ७४ पुग्यो

काठमाडौं: पोखरामा कोभिड १९ बाट संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम क्षेत्रिय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए।

साउन १७ गते कोभिड १९ भई आइसीयुमा उपचार भइरहेका पुरुषको शनिवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए। यसअघि सोही अस्पतालमा कोरोन संक्रमति भएर उपचार गराइरहेका दुई जनाको मृत्यु भइसकेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङख्या ७४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell