PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ग्याङ फाइटः पाँच जना युवा घाइते



रासस

ग्याङ फाइटः पाँच जना युवा घाइते
फाइल फोटो

टीकापुरः कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।

टीकापुर नगरपालिका वडा नम्वर ६ र ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नम्वर ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताए।

 बाँकी दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेका थिए। घटनास्थलबाट प्रहरीले टीकापुर प्रसेनीका रवन साउद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell