PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पाकिस्तानमाथि इङ्ग्ल्याण्डको ३ विकेटको रोमाञ्चक जित



पहिलोपोस्ट

पाकिस्तानमाथि इङ्ग्ल्याण्डको ३ विकेटको रोमाञ्चक जित

इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तीनवटा टेस्ट सिरिजमध्ये पहिलो खेलमा इङ्ग्ल्याण्डले जित निकालेको छ। म्यानचेस्टरमा भएको खेलमा इङ्ग्ल्याण्डले पाकिस्तानमाथि ३ विकेटको जित निकालेको हो।

म्याचको दोस्रो पारीमा इङ्ग्ल्याण्डले पाकिस्तानबाट कुल २७७ रनको लक्ष्य पाए थियो। जसलाई ७ विकेट गुमाएर इङ्ग्ल्याण्डले पुरा गरेको थियो।

इङ्ग्ल्याण्डको जितमा क्रिस वोक्स र जोस बटलरको भूमिका महत्वपूर्ण रह्यो। बटलरले ७५ रन बनाएर आउट हुँदा वोक्सले ८४ रनमा अभिजित रहँदै इङ्ग्ल्याण्डलाई खेल जिताए।

खेलमा टस जितेर ब्याटिङमा उत्रिएको पाकिस्तानले शान महसुदको शतकीय पारीको सहयोगमा ३ सय २६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्ड २१९ रनमा अलआउट भएको थियो। पहिलो पारीमा १०७ रनले अघिरहेको पाकिस्तानका ब्याट्सम्यान दोस्रो पारीमा जम्न सकेनन् र १६९ रनमा पाकिस्तान अलआउट भयो। र समग्रमा इङ्ग्ल्याण्डलाई २७७ रनको लक्ष मिल्यो। जसलाई इङ्ग्ल्याण्डले ७ विकेट गुमाएर पुरा गर्न सफल रह्यो।

अर्को म्याच १३ अगस्टमा साउथह्याम्टनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell