काठमाडौं : १० दिनअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएपछि महाशाखामा कार्यरत करिव ३ सय प्रहरी क्वारेन्टाइनमा छन्।
महाशाखालाई सिल गरेर क्वारेन्टाइनमा रहेकाहरुको कन्ट्रायक ट्रेसिङको आधारमा पिसिआर परिक्षण भइरहेको छ। अहिलेसम्म गरिएको पिसिआर परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो समय ८७ जनामा गरिएको परीक्षणमा एक जनामा रिपोर्ट पोजेटीभ आएको हो।
'अहिलेसम्म ६ जनामा कोरोना देखिएको छ। उनीहरुलाई अस्पताल लगिएको छ। बाँकीको परिक्षण हुँदैछ। महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।
उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन्। जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज भएको छ। सडकमा खटिने ट्राफिक प्रहरीलाई कोरोना संक्रमणबाट बच्ने उपकरण सहित ड्युटीको व्यववस्था मिलाएको एसएसपी ढकालले जानकारी दिए।
महाशाखामा मात्र होइन पछिल्लो समय प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमा पनि कोरोना संक्रमण फैलिएको छ। ८५ जना भन्दाबढी हेडक्वाटरमा कार्यरत प्रहरीमा कोरोना देखिसकेको छ।
