PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

समझदारी कार्यान्वयन गर्ने सरकारको प्रतिवद्धतापछि ई: को सत्याग्रह तोडियो

समझदारी कार्यान्वयन गर्ने सरकारको प्रतिवद्धतापछि ई: को सत्याग्रह तोडियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सत्याग्रही ई:ले सरकारसँग भएका पूर्व सहमति कार्यान्वयन गर्न सरकार राजि भएपछि आफ्नो २३ दिन लामो सत्याग्रह तोडेका छन्।

इनफ इज इनफको ब्यानरमा २३ दिन सम्म सत्याग्रह बसेका ई: का प्रतिनिधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिबीच भएको छलपलमा कोभिड-१९ को सबल ब्यस्थापनमा केन्द्रीत सम्झौता कार्यान्वयनमा सरकारले जिम्मेवारी लिएको छ।

सरकार र अभियानबीच २०७७ असार २२ गते पहिलो चरणको सम्झौता भएको भएको थियो। पहिलो चरणको सत्याग्रहका क्रममा सरकार र अभियानबीच १२ बुँदे समझदारी भएको थियो। तर सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै ई: पुन: सत्याग्रहमा बसेका थिए।

साउन ३ गते, बसन्तपुरबाट दोस्रो चरणको सत्याग्रह सुरु भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell