PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण



पहिलोपोस्ट

पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण

काठमाडौं: पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टी भएको छ। सामाजिक सञ्जालमार्फत दास आफैँले आफूलाई संक्रमण भएको पुष्टी गरेका हुन्।

उमेर समूहमा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका उनी पछिल्लो समय गृहजिल्ला सप्तरीमा छन्। उनले पछिल्लो समय स्थानीय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्।

'कोरोना पोजेटिभ आएको रहेछ। म सँग १५ गतेपछि सम्पर्कमा आउन हुनेहरु कृपया सुरक्षित रहनुहोला। अरुलाई पनि सुरक्षित राख्नुहोला।' दासले फेसबुकमा लेखेका छन्।

सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठका अनुसार उनीँसँगै उनका बुवाआमालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ।

'हिजो पुष्टी भएको हो सगरमाथा अञ्चल अस्पतालमा। एउटा प्रोजेक्टबाट कुनै कार्यक्रममा बर्दिबास जानुभएको रहेछ। त्यहीँ गएका अरु साथीहरुलाई कोरोना देखिएपछि उहाँको पनि परीक्षण गराउँदा पोजेटिभ आएछ,' अध्यक्ष श्रेष्ठले भने,'सँगसँगै उहाँको बुवाआमाको पनि रिपोर्ट पोजेटिभ आएको रहेछ। बच्चा र श्रीमतीको हिजो स्वाव लिएको छ आज रिपोर्ट आउला।'

दासले पछिल्लो संस्करणको सप्तरी प्रिमियर लिग खेलेका थिए भने यू १५ र यू १७ मा राष्ट्रिय टीमबाट खेलिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell