PahiloPost

May 15, 2025 | २ जेठ २०८२

अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी युवतीमा पनि कोरोना संक्रमण पुष्टि



राधेश्याम पटेल

अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी युवतीमा पनि कोरोना संक्रमण पुष्टि

वीरगंज : अस्पताल चहार्दै चहादै शुक्रवार राती २ बजे ज्यान गुमाएकी थिइन् वीरगंज–२ छपकैयाकी २० वर्षीया युवतीले। वीरगंजको गण्डक कोभिड अस्पतलामा मृत्यु भएकी उनमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो।

उनको स्वाब नारायणी अस्पतालको ल्याबमा परीक्षण गरिएको थियो। शनिबार उनको स्वाब रिपोर्ट पोजेटिभ आयो।

तीन दिनदेखि ज्वरोले पीडित युवतीले छपकैयास्थित औषधि पसलबाट लिएको एन्टीबायोटिक औषधि सेवन गर्दै आएकी थिइन्। शुक्रवार दिउँसो अचानक ज्वरो बढेपछि उनलाई उपचारका लागि वीरगंज भन्सार नजिक रहेको इन्डो नेपाल हस्पिटलमा लगियो। त्यहाँ पीसीआर रिपोर्ट बीना भर्ना लिइएन। फेरि घरमै ल्याएर राखेपछि राति साढे १० बजे अचानक उनको स्वास्थ्यमा गडबडी भयो।

त्यसपछि नारायणी, नेसनल मेडिकल कलेज, भवानी, बयोधालगायत अस्पताल चहार्दै चहार्दै साढे १ बज्यो। कुनै सीप नलागेपछि समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमदको सहयोगमा गण्डक कोभिड अस्पतालको संयोजक डा. उदयनारायण सिंहको सहकार्यमा राति २ बजेभन्दा १० मिनेट पहिले भर्ना गरियो।

तर त्यसको १० मिनेटपछि नै उनको ज्यान गयो। हाल उनको मृत्युको कारण कोरोना संक्रमण र समयमा उपचार नपाउनु भएको उनको परिवारको दावी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell