PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

पूजा शर्मालाई ऋचा शर्माको साथ, पत्रकारलाई लक्षित गर्दै भन्छिन् : दोष तिम्रो दृष्टिमै छ



पहिलोपोस्ट

पूजा शर्मालाई ऋचा शर्माको साथ, पत्रकारलाई लक्षित गर्दै भन्छिन् : दोष तिम्रो दृष्टिमै छ

काठमाडौं : टेलिभिजन अन्तर्वार्ता नदिएको कारण पत्रकारद्वारा राष्ट्रिय टेलिभिजनमार्फत् अपमान भोगेकी नायिका पूजा शर्मालाई ऋचा शर्माले समर्थन गरेकी छन्। ऋचाले फेसबुक स्टाटसमार्फत् पूजाको साथ दिएकी हुन्।

फिल्म पत्रकार प्रकाश सुवेदीसँगको अन्तर्वातमा देशमा कति वटा प्रदेश छन्? कति वटा जिल्ला छन्? तीन जना मन्त्रीको नाम भन्नुस्?  सामान्य ज्ञान सम्बन्धी प्रश्नको जवाफ दिन नसकेपछि पूजा ट्रोलको शिकार बनेकी थिइन्। उक्त कार्यक्रम प्रसारण भएपछि उनी मौन रहेकी थिइन्। सोही पत्रकारले पुन: अन्तर्वाताका लागि बोलाए पछि पूजा राजी भइनन्। र, पत्रकारले कार्यक्रममै पूजाको शारीरिक एवं बौद्धिक पक्षमाथि प्रश्न र व्यङ्ग्य गरे।

व्यक्तिगत अपमान हुनेगरी पूजातर्फ संकेत गर्दै भने, ’आफै नजान्ने अनि हामीले चाहिं लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाइ मिलाइ महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’

यो टिप्पणीमा पूजाले प्रश्न गरेकी छिन् : कति चुप रहने? कति सहने? पूजा बोलेपछि उनको पक्षमा धेरै कलाकार बोलिरहेका छन्।

पूजा बोले लगत्तै पत्रकार सुवेदी आलोचित बन्न पुगेका छन्। यसैबीच फिल्मकर्मी ऋचा पूजाको समर्थनमा बोलेकी हुन्। पत्रकार सुवेदीले उल्लेख गरेको 'चार दिनको चन्द्रमा र त्यस पछि औंशी' उखानलाई उनले दृष्टिदोष भनेकी छन्। 

“त दारे छस, त काली छस , भ्यात्त परेकी परेकी छस" यस्ता शब्द तपाइ लाई राष्ट्रिय टेलिभिजन मा एउटा कार्यकर्म प्रस्तोता ले...

Posted by Reeccha Sharrma on Saturday, August 8, 2020

आफूहरु आफ्नो परिश्रम र क्षमताले कलाकार भएको भन्दै कसैले महानायिका बनाउनु पर्दैन भनेकी छन्। उनले पूजालाई व्यङ्ग्य गर्ने पत्रकारको कार्यक्रमलाई इंकित गर्दै भनेकी छिन् : रजतपटको मतलव चलचित्र घरको पर्दा हो जुन हिजोआज मैलो हुँदै गएको छ।

अन्तर्वार्ता लिने टेलिभिजन च्यानलले अब समीक्षा गर्नुपर्ने बेला आएको ऋचाको भनाई छ।

पूजा शर्माको पक्षमा फिल्मकर्मी रविन्द्र सिंह बानियाँ पनि बोलेका छन्। उनले आफूले आगामी दिनमा आफूले निर्माण गर्ने कुनैपनि फिल्मको प्रचार प्रसार प्रकाश सुवेदीको कार्यक्रममार्फत् नगर्ने जनाएका छन्।

हाम्रो सानो फिल्मी परिवारमा नायिका भनेका हाम्रा चेली हुन ! परिवारको सदस्य माथिको घटिया टिप्पणी गर्नु हामी सबै माथिको...

Posted by Rabindra Singh Baniya on Friday, August 7, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell