PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेतृत्वलाई दबाब दिन नेकपाका ६० बढी सांसदले गरे हस्ताक्षर



पहिलोपोस्ट

नेतृत्वलाई दबाब दिन नेकपाका ६० बढी सांसदले गरे हस्ताक्षर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नेतृत्वलाई दवाव दिनका लागि हस्ताक्षर गरेका छन्।

पार्टीलाई एकतावद्ध गरेर जानुपर्ने भन्दै ६० जना भन्दा बढी सांसदहरुले हस्ताक्षर गरेको सांसद सुरेश कुमार राईले जानकारी दिए।

नेकपा विवाद चुलिइरहेका बेला सांसदहरुले आज दिउसो सिंहदरवारमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा पनि सार्वजनिक गर्न लागेका हुन्।

'मुलत: पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ भन्ने हाम्रो माग हो, सांसद राईले भने।

नेकपाको विवाद अहिले उत्कर्षमा छ। पार्टी फुटतर्फ उन्मुख भएको भन्दै नेकपाका नेता कार्यकर्ताहरुले नेतृत्वलाई दवाव दिइरहेका छन्। केही अघि केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell