PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

प्रदेश २ पछि संक्रमणको हटस्पट बन्दै उपत्यका, यस्तो छ संक्रमणको ट्रेन्ड



विधुर ढकाल

प्रदेश २ पछि संक्रमणको हटस्पट बन्दै उपत्यका, यस्तो छ संक्रमणको ट्रेन्ड

काठमाडौं : पछिल्लो साता काडमाडौं उपत्यकामा कोभिड-१९ को संक्रमणको ग्राफ उकालो लागिरहेको छ।

पछिल्लो १० दिनमा यो ग्राफ दोब्बरले बढ्दै एक हजार नाघेको छ। साउन १५ गते काठमाडौं उपत्यकामा ५३८ जना कोभिड-१९ का संक्रमित रहेकोमा साउन २४ गते सम्म आइपुग्दा एक हजार ४३ पुगेको छ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र ८२३ जना कोभिड-१९ का संक्रमित छन्। जुन साउन १५ मा ३९२ मात्र थिए। ललितपुर जिल्लामा १३६ जना संक्रमित छन्। साउन १५ मा यो संख्या ९१ थियो। त्यस्तै भक्तपुरमा ९१ जना संक्रमित छन्। साउन १५ मा यो संख्या ५५ थियो।

बागमती प्रदेशमा पनि संक्रमणको अवस्था अनुपातका आधारमा नेपालको कुल तुलनात्मक अवस्था भन्दा खराब छ।

बागमती प्रदेशमा हालसम्म एक हजार ६३७ छ। नेपालमा कुल संक्रमित २२ हजार ५९२ पुगेको छ। सुरुवातमा प्रदेश २ र प्रदेश ५ मा संक्रमणको दर उच्च थियो। प्रदेश ५ मा संक्रमणको दरमा कमि आएको छ भने प्रदेश २ मा संक्रमण अझै बढ्दै छ। हाल बागमती प्रदेशमा पनि संक्रमण बढीरहेको छ।

नेपालमा कुल संक्रमित मध्ये निको हुनेको दर बढी र सक्रिय संक्रमितको दर कम छ भने बागमती प्रदेशमा त्यसको उल्टो एक्टिभ केस बढी र निको हुनेको दर कम छ।

नेपालमा निको हुने संक्रमित ७२.२ प्रतिशत छ भने बागमतीमा त्यसको आधा मात्र ३६.६ प्रतिशत छ। त्यस्तै एक्टिभ केस नेपालमा २७.५ छ भने बागमतीमा ६२.७ छ।

मृत्यु हुनेको अवस्था पनि बागमतीमा खराब छ। नेपालमा कुल संक्रमितको ०.३ प्रतिशतको मृत्यु भएको छ भने बागमतीमा मृत्यु हुनेको संख्या ०.७ प्रतिशत रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

बागमती प्रदेशमा संक्रमणको अवस्थाजिल्लागत रुपमा संक्रमितको अवस्था उपत्यकामा बढी छ। काठमाडौं जिल्लामा सबै भन्दा बढी संक्रमित रहेका छन्। प्रदेशका कुल संक्रमित मध्ये पचास प्रतिशत बढी काठमाडौं जिल्लामा मात्र छन्। काठमाडौं जिल्लामा ८२३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

जसमध्ये करिब ५० प्रतिशत मात्र अस्पतालको सुविधामा छन्। संक्रमित मध्ये ४१५ जनाले मात्र अस्पतालको आइसोलेसनको सुविधा लिएका छन्।

काठमाडौं जिल्लामा २७० वटा आइसोलेसन बेड मात्र उपलब्ध रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै ललितपुर जिल्लामा हालसम्म १३६ जनामा संक्रमण पुष्टि भएको छ।

 

संक्रमण पुष्टि भएका मध्ये धादिङका १४५, चितवनका १२९ जना रहेका छन्। त्यस्तै सिन्धुपाल्चोकका ७५, मकवानपुरका ६०, नुवाकोटका ५४ जना रहेका छन्। त्यस्तै रामेछापका ४४, काभ्रेका ३३, सिन्धुलीका २७, सिन्धुलीका  २७, दोलखाका १५, र  रसुवाको १२ जना रहेका छन्।  

लिंगका आधारमा बागमती प्रदेशमा संक्रमणको अवस्था

उपत्यकाका तीन जिल्लामा संक्रमणको ट्रेन्ड

काठमाडौं उपत्याकाका तीन जिल्लामा संक्रमितको संख्या एक हजार ४३ पुगेको छ। साता अगाडिको कुल संक्रमित ६१३ थियो। एक सातामा ७० प्रतिशतले संक्रमितको संख्या बढ्दै एक हजार ४३ पुगेको हो। काठमाडौं जिल्लामा मात्र एक सातामा ८२ प्रतिशत संक्रमित बढेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell