PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्पेनका भ्रष्टाचार आरोपित पूर्व राजा खुआन कार्लोस पुगे साउदी अरब? देश छाड्नुअघि भने : भावुक र शान्त भएर निर्णय लिंदैछु



पहिलोपोस्ट

स्पेनका भ्रष्टाचार आरोपित पूर्व राजा खुआन कार्लोस पुगे साउदी अरब? देश छाड्नुअघि भने : भावुक र शान्त भएर निर्णय लिंदैछु

स्पेनका पूर्व राजा खुआन कार्लोस साउदी अरब पुगेका छन्। स्पेनिस मीडिया ग्रुप एनआइयूएसले सार्वजनिक गरेको एक तस्विरले उनी अबुधाबी पुगेको संकेत गर्छ जसमा उनी विमानबाट ओर्लदै छन्।

कार्लोस विरुद्ध भ्रष्टाचारको अभियोगमा अनुसन्धान चलिरहेको छ। उनले सोमवार देश छाड्न लागेको घोषणा गरेका थिए। कहाँ र किन जान लागेको भन्ने बारे केही जानकारी दिएका थिएनन्।

उनले आफूविरुद्धको भ्रष्टाचारको आरोप गलत भएको दावी गर्दै आएका छन्। यसै विषयमा स्पेनमा चर्किएको बहसबीच उनी देश छाडेर हिँडे। उनी देशबाट बाहिरिए लगत्तै स्पेनका स्थानीय मीडियाहरूले उनी पोर्चुगल पुगेको जनाएको थियो। तर, हाल कार्लोसले अबुधाबीको पाँच तारे होटल, एमिरेट्स प्यालेसमा एउटा फ्ल्याट नै बुक गरेको बारे बीबीसीले जनाएको छ

स्पेनको राजपरिवार भने उनी कहाँ के गर्दै छन् भन्ने विषयमा मौन रहेको छ।

४० वर्ष लामो साशनपछि सन् २०१४ मा उनले राजनैतीक सत्ता आफ्ना छोरा फेलिपलाई हस्तान्तरण गरेका थिए। त्यसअघि नै उनका ज्वाईसहित उनलाई पनि भ्रष्टाचारको आरोप लागेको थियो। उनी स्पेनिस आर्थिक संकटका समयमा हात्ती शिकार गर्नका लागि निस्किएको बारे पनि विवादित थिए।

विवादहरू यतिमै रोकिएनन्। यस वर्षको जुनमा, स्पेनको सर्वोच्च अदालतले ८२ वर्षीय कार्लोस साउदी अरेबियामा एक उच्च-गतिको रेल अनुबन्धमा संलग्न भएको आरोपमा अनुसन्धान शुरू गरेको थियो।

स्पेनको इआइ पाइस पत्रिकाका अनुसार पूर्व राजाले देश छाड्नुअघि आफ्नो छोराको नाममा एक चिट्ठी लेखेका थिए। जुन चिट्ठी उनी बाहिरिए पछि मात्र सार्वजनिक भयो। जसमा उनले लेखेका छन्, ‘मेरो जीवनमा घटेका केही घटनाका कारण जनताबाट आइरहेको प्रतिक्रिया लाई मध्यनजर गर्दै म यो देश छाड्दैछु।’

पत्रमा उनले आफ्नो छोराले देश र जनताको शान्तिको हितमा काम गर्ने आशासमेत व्यक्त गरेका छन्। आफूले उक्त निर्णय निकै भावुक तर शान्त र स्थिर हुँदै लिएको बताएका छन्।

राजा फेलिपले बुवाको उक्त निर्णयको उचित सम्मान गर्ने बताएका छन्।

त्यस पछि उनी कहाँ छन् विषयमाथि धेरैको चासो रह्यो। केही मीडियाले उनी डोमिनिक रिपब्लिकमा भएको दावी गरेका छन्।

आफ्नो शासनकालमा खुआन कार्लोस दूनियाँका सबैभन्दा लोकप्रिय राजाको रुपमा स्थापित थिए। एक पछि अर्को आरोपमा फसेपछि भने उनीमाथि धेरैको विश्वास गुमेको बीबीसीले जनाएको छ।

कार्लोसविरूद्ध स्वीट्जरल्यान्डमा समेत अकुत सम्पती समेत राखेको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell