PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग



पहिलोपोस्ट

भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

काठमाडौं: भारतीय सेनाले नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ।

कोभिड–१९ महामारीविरुद्घ लड्न सहयोग पुर्‍याउने प्रयासअनुरुप आइतवार नेपाली सेनालाई १० वटा भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको हो।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईंमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्‍याउन भारत प्रतिवद्ध रहेको स्पष्ट पारे।

नेपाली सेनालाई हस्तान्तरण गरिएका भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयू कक्षमा विरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ। गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने विरामीहरुको ओसारपसारमा पनि यी भेन्टिलेटरहरु प्रयोग गर्न मिल्ने उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell