PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

भक्तपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु



रासस

भक्तपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु

भक्तपुरः भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिवार राति बा १९ च ३३८४ नंको जिप र बा ६६ प २८१० नम्वरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

फरार जिप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान  भइरहेको डिएसपी जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell