काठमाडौं: भारतका विदेश मन्त्री एस जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको बताएपछि नेपालमा त्यसको विरोध सुरु भएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले जयशंकरको अभिव्यक्तिको बिरोध गरेका हुन्।
#IndiaAt75Summit@DrSJaishankar
— Geeta Mohan گیتا موہن गीता मोहन (@Geeta_Mohan) August 8, 2020
Gautam Buddha and Mahatma Gandhi are the two greatest Indians that the world remembers.
(On India being a moral leader in the world) #Buddha #MahatmaGandhi@FollowCII https://t.co/waqapoyUN7 pic.twitter.com/h609HYX2aS
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आपत्ति रहेको जनाएका छन्। उनले ट्वीट गर्दै पौराणीक तथ्य विरुद्ध भारतका विदेश मन्त्री बोलेको उल्लेख गरेका छन्।
'भगवान बुद्ध नेपालमा जन्मिएका हुन् l त्यो भुभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ,' उनले ट्वीटमा लेखेका छन्।
भगवान बुद्ध नेपालमा जन्मिएका हुन् l त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 9, 2020
`आवेगको जवाफमा आवेग´ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन l
भारतले आवेगको जवाफमा आवेग नै फर्काएको भन्दै उनले बिरोध गरेका हुन्। यसअघि प्रधानमन्त्री केपी ओलीले भगवान राम नेपालमा जन्मेको बताएपछि भारतमा चर्को विरोध भएको थियो। शर्माले ओलीले आवेगमा बोलेको भन्दै अवेगमै भारतले जवाफ दिएको बताए।
आवेगको जवाफमा आवेग´ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन, 'उनले लेखेका छन्।
यस्तै, नेकपाका नेता बिष्णु रिजालले भारले नेपालीको भावनामाथि खेलबाड गरिरहेको बताएका छन्। उनले बुद्ध नेपालमा जन्मेका हुन भन्ने तथ्य विश्वले नै मानेको तर्क गरे।
'वुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै शंका छैन र संसारले मानेको छ,' उनको ट्वीटमा उल्लेख छ। भारतका प्रधानमन्त्री नेपालको भ्रमणमा आउदा पनि बुद्ध नेपालमै जन्मेको बताए पनि जयसंकरले भारतमा जन्मेको बताएका हुन्। रिजालले भारतलाई नेपाल सरकारले कडा पत्र मार्फत जवाफ दिन माग गरेका छन्।
वुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै शंका छैन र संसारले मानेको छ । मोदीले नेपालमै आएर जोडका साथ यो कुरा भनेका छन् । तर, भारतमा वेलावेलामा गलत कुरा बोलेर नेपालीको भावनामाथि किन खेलवाड गरिन्छ ? नेपाल सरकारले यस्ता हर्कत नगर्न भारतलाई कडा पत्र लेख्नुपर्छ ।
— Bishnu Rijal (@bishnurijal1) August 9, 2020
'मोदीले नेपालमै आएर जोडका साथ यो कुरा भनेका छन् । तर, भारतमा वेलावेलामा गलत कुरा बोलेर नेपालीको भावनामाथि किन खेलवाड गरिन्छ ? नेपाल सरकारले यस्ता हर्कत नगर्न भारतलाई कडा पत्र लेख्नुपर्छ, 'उनले ट्वीटरमा भनेका छन्।
भारतका बिदेश मन्त्री जयसंकरले एक जुम मिटिङका क्रममा गौतम बुद्ध र महात्मा गान्धि दुबै महान भारतीय भएको दाबी गरेका थिए।
