PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

फोक्सोमा समस्या देखिएपछि अस्पतालमा सञ्जय दत्त, ट्वीटमार्फत् दिए घर फर्कने जानकारी



पहिलोपोस्ट

फोक्सोमा समस्या देखिएपछि अस्पतालमा सञ्जय दत्त, ट्वीटमार्फत् दिए घर फर्कने जानकारी

बलिउड अभिनेता सञ्जय दत्तमा कोरोना भाइरस नेगेटिभ देखिएको दुई दिन पछि उनको स्वास प्रस्वासमा समस्‍या देखियो। लगत्तै उनलाई लिलावती अस्पताल पुर्‍याइएको छ। त्यहाँ उनको परीक्षण पछि फोक्सोमा समस्या देखिएको छ।

दत्तको फोक्सोमा पानी जमेको बलिउड हंगामाले जनाएको छ। आवश्यक उपचार पछि उनलाई आइतवार साँझ घर पठाइने जनाइएको छ। घरमा उनी एक्लै छन्। लकडाउन यता उनकी श्रीमती र दुई सन्तान दुबईमा छन्। केही साता अघिको अन्तर्वातामा उनले आफूले परिवारलाई निकै सम्झिरहेको बताएका थिए।

सञ्जयले सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य जानकारी दिइरहेका छन्। केही घण्टा अघि मात्रै उनले ट्वीटमार्फत् आफू ठीक भएको र डाक्टरहरूको निगरानीमा रहेको बताएका थिए। भनेका छन्,'केही दिनमा त म घरमा हुनेछु। सबैको माया र आशिर्वादका लागि धन्यवाद।'

ट्वीटमा प्रतिक्रिया जनाउँदैं सुनिल सेट्ठी लेख्छन्,'गेट वेल सुन बाबा।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell