PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पार्टी विवाद र विभाजनमा नलाग्ने ६१ सांसदको घोषणा, झाँक्रीले भनिन्, 'सानो पार्टीको नेतृत्व गर्ने सपना छोडनुस्'



पहिलोपोस्ट

पार्टी विवाद र विभाजनमा नलाग्ने ६१ सांसदको घोषणा, झाँक्रीले भनिन्, 'सानो पार्टीको नेतृत्व गर्ने सपना छोडनुस्'

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टीका ६१ जना सांसदले कुनै पनि विवाद र पार्टी विभाजनको सहभागी नहुने घोषणा गरेका छन्।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली र बरिष्ठ नेता माधव नेपाल समूहका सांसदले संयुक्त रुपमा सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै पार्टीलाई विभाजन नगर्न नेतृत्वलाई खबरदारी गरेका हुन्।

सांसद रामकुमारी झाँक्रीले आफूहरु पनि पार्टीको निर्णायक ब्यक्ति भएको भन्दै सानो पार्टीको नेतृत्व गर्ने सपना छोड्न नेताहरुलाई आग्रह गरिन्। 'पार्टी विभाजन गरेर सानो पार्टी चलाउँछु भन्ने सोच्नु भएको छ भने त्यो न्यारोमाइण्ड हो,' उनले भनिन्।

उनले आफूहरु पार्टी एकताका पक्षमा भएकाले आफ्नो विचार सार्वजनिक गर्नु अहिले सान्दर्भिक रहेको बताइन्। उनले पार्टीमा विवाद सुरु भएदेखि नै आफूहरु एकताका लागि गृहकार्य गरिरहेको जानकारी दिइन्।

'पार्टी एकताको पक्षमा रहेका हामीले पहिले पनि एकताका लागि काम गरिरेहका थियौं। मुलत धेरैजसो सदस्य एकताकै पक्षमा हुनुहुन्थ्यो,' उनले भनिन्। कति सांसद एकताको पक्षमा छन् भन्ने संख्याको अर्थ नहुने झाँक्रीको तर्क छ।

उनले नेतृत्वलाई पदको लडाइ कि विचारको भन्दै प्रश्न गरिन्।

'पछाडि कहाँ जाने? यो के को अलमल हो? विचारको हो कि पदको? विचारको लडाइ हो कि हामी विचारका हिसाबले बिचलन भएका छौं? तीन महिनासम्म पनि बैठक बस्दैन र हामीले बिचार राख्न पाउदैनौ,' उनले प्रश्न गरिन्।

नेकपाभित्र विवाद बढ्दै गएपछि विभाजनको अवस्था आउन लागेको भन्दै सांसदहरुले पत्रकार सम्मेलन गरि आफ्नो विचार सार्वजनिक गरेका हुन्। असार दोस्रो सातदेखि सुरु भएको स्थायी कमिटी महिना दिन भन्दा लमो समयसम्म पनि नियमित बस्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell