PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'विज्ञान र कुशल नेतृत्व हुनुको नतिजा' : न्यूजिल्याण्ड कोरोना मुक्त भएको १ सय दिन पूरा



पहिलोपोस्ट

'विज्ञान र कुशल नेतृत्व हुनुको नतिजा' : न्यूजिल्याण्ड कोरोना मुक्त भएको १ सय दिन पूरा
AAP/Nick Perry

न्यूजिल्याण्डमा सय दिन यता कोरोना भाइरसको नयाँ संक्रमित देखिएका छैनन्। आइतवार देश संक्रमण मुक्त भएको सय दिन पुगेको हो।

गत फेब्रुअरी २६ मा त्यहाँ पहिलो संक्रमण पुष्टि भएको थियो। पहिलो केस देखिएको ६५ दिन पछि अर्थात् मे १ तारिखमा देश संक्रमण मुक्त भएको थियो।

करिव ५० लाख जनसंख्या रहेको न्यूजिल्याण्डमा जन जीवन निकै सामान्य भइसकेको छ। त्यहाँ मानिसहरू सार्वजनिक स्थल र स्‍टेडियममा बसेर खेलहरू हेर्छन्। मानिसहरू जम्मा हुन्छन्, भेटघाट गर्छन्।

कसरी लड्यो त न्यूजिल्याण्डले कोरोना भाइरसविरुद्धको लडाई?

न्यूजिल्याड सर्वाधिक चाँडै संक्रमण मुक्त हुने देशमध्ये पर्छ। त्यहाँको सरकारले सीमा ठप्प राख्नु र संक्रमण रहेसम्म आगमन पूरै रोक्नुलाई कोरोनाविरुद्धको बलियो कदमका रुपमा उल्लेख गरेको छ द कन्भर्सेसनले

त्यस्तै त्यहाँ लकडाउन पनि कडाइका साथ पालना भयो। मानिसहरूले शारीरिक एवं सामाजिक दूरी कायम गरे। आयातित बाहेक सामूदायीक स्तरमा भाइरस फैलन पाएन।

साथै त्यहाँ ट्रेसिङ र टेस्टिङ उचित ढङ्गमा भयो। संक्रमित एवं शंकाष्पदे बिरामीहरू क्वारेन्टिनमा बसे। जसका कारण संक्रमितको संख्या कम रह्यो।

न्यूजिल्याण्डमा संक्रमितको मात्र नभइ संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि न्यून रह्यो।

तीन महिना यता अन्य देशबाट न्यूजिल्याण्ड पुग्नेहरूमा संक्रमण देखिए पनि उनीहरू क्वारेन्टिनमै रहे। र, पुन: संक्रमण फैलने खतराबाट देश मुक्त रह्यो।

त्यहाँ कुल १५ सय संक्रमित देखिए जसमध्ये २२ जनाले संक्रमणकै कारण ज्यान गुमाए। हाल २२ वटा एक्टिभ केस रहेको छ। सबै आइसोलेसनमा उपचाररत्‍ छन्।

ओगाटो विश्वविद्यालयका महामारी विशेषज्ञ माइकल बेकरले यो सबै हुनुलाज्ञ विज्ञान र कुशल नेतृत्वको नतिजा बताएका छन्। महामारीविरुद्धको आवश्यक तयारीका कारण न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनको नेतृत्व क्षमताको तारिफ भइरहको छ।

माइकल बेकरले भनेका छन्,'केही देशका नेताले भने जीवन र अर्थव्यवस्थापन बचाउने कुरा बिच गलत द्वन्द्व सिर्जना गरे। तर यथार्थमा मानिसको जीवन रहे न व्यवसाय रहन्छ।'

महामारी हुँदाहुँदै पनि न्यूजिल्याण्डमा बेरोजगारी दर ४ प्रतिशत कायम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell