PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कोभिडसँग जुध्नुपर्ने बेला झगडा गरेर शीर्ष नेताले गाइजात्रा देखाए: सांसद विशाल भट्टराई



पहिलोपोस्ट

कोभिडसँग जुध्नुपर्ने बेला झगडा गरेर शीर्ष नेताले गाइजात्रा देखाए: सांसद विशाल भट्टराई

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद विशाल भट्टराईले पार्टी एकता जोगाउन धुम्वाराहीस्थित पार्टी कार्यालयमा धर्ना बस्ने चेतावनी दिएका छन्।

कुनै पनि विवाद र पार्टी विभाजन सम्बन्धी गतिविधिमा सहभागी नहुने घोषणामा हस्ताक्षर गर्दै उनले यस्तो बताएका हुन्। एकताका लागि आफूहरुको अभियान जारी रहने भन्दै उनले आवश्यक परे धर्ना बस्ने बताए। आफूहरुको अभियानको जानकारी शीर्ष नेतालाई दिइने उनले बताए।

उनले कोभिडसँग जुध्नुपर्ने बेलामा झगडा गरेर शीर्ष नेताले गाइजात्रा देखाउने काम गरेको आरोप लगाए। ‘प्राकृतिक विपदमा परेका नागरिकलाई कुनै राहत छैन। यो सैद्धान्तिक लडाई हैन। विचारको लडाई हैन। यसले हाम्रा उपलब्धिमा प्रश्न उठाउँछ,’ उनले भने।

उनले कसैको पद पूर्तिको हतारो जनताको हितभन्दा माथि नहुने उल्लेख गरे। ‘हामी शीर्ष नेतालाई भन्छौँ स्थायित्वको लागि लड्नुस्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell