PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेतृत्वले समस्या सम्बोधन गर्न नसके हामी हस्तक्षेपकारी भूमिकामा आउँछौं: सांसद गणेश पहाडी



पहिलोपोस्ट

नेतृत्वले समस्या सम्बोधन गर्न नसके हामी हस्तक्षेपकारी भूमिकामा आउँछौं: सांसद गणेश पहाडी

काठमाडौं: नेकपाका सांसद गणेश पहाडीले पार्टी एकताबद्ध बनाउन आफूहरु जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन्।

कुनै पनि विवाद र पार्टी विभाजन सम्बन्धी गतिविधिमा सहभागी नहुने घोषणामा हस्ताक्षर गर्दै उनले यस्तो बताएका हुन्।

‘कार्यकर्ता र शुभेच्छुकमा अहिले अन्योल छ। कि पार्टी एक हुनुपर्छ। स्थायी समिति र सचिवालयमा आबद्ध बाहेक अरुको हस्ताक्षर हुन्छ,’ उनले भने।

नेतृत्वले समस्या सम्बोधन गर्न नसके आफूहरु हस्तक्षेपकारी भूमिकामा आउने उनले चेतावनी दिए। ‘हाम्रो अभियानले कार्यकर्तामा सकारात्मक सञ्चार गर्नेछ। पार्टी एकताबद्ध बनाउने कुरामै हामी केन्द्रित हुन्छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell