PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नारदमुनि रानाले भने, ‘शीर्ष नेताहरू आफूलाई असक्षम सावित नगर्नुस्’



पहिलोपोस्ट

नारदमुनि रानाले भने, ‘शीर्ष नेताहरू आफूलाई असक्षम सावित नगर्नुस्’

काठमाडौं: नेकपाका सांसद नारदमुनि रानाले आफूहरु पार्टी एकताको पक्षमा उभिने बताएका छन्। पार्टीभित्र विभाजन हुनेगरी विवाद चर्किरहेका बेला एकता जोगाउने अभियानमा हस्ताक्षर गर्दै उनले भने, ‘हामी एकताको पक्षमा उभिन्छौँ।’

कार्यकर्ताले स्थिर सरकारको नारा कहाँ पुग्यो? जनजीविकाका कुरा कहाँ छन्? भनेर सोध्ने गरेको तर आफूहरुसाग अहिले त्यसको जवाफ नभएको भन्दै उनले यी प्रश्न शीर्ष नेतालाई सोध्ने बताए।

उनले प्रश्न गरे, ‘पार्टी एकताको अन्तरिम विधान सर्वसम्मत पारित गरेको हो। त्यो विधान मान्नुपर्छ कि परिदैन? सबै विषयमा सहमतिमा जाने विधि कसले किन तोड्दैछ?’

उनले चेतावनी दिँदै भने, ‘शीर्ष नेताहरू आफू असक्षम सावित नगर्नुस्। सचिवालयले गर्न सक्ने काम स्थायी कमिटीमा लाने, अनि बैठक समेत राख्न नसक्ने किन?’

आफूहरु नेतृत्वलाई सहयोग गर्न तयार रहेको तर फुट्ने र चोइटिने कुरामा सहमति नभएको उनले स्पष्ट पारे। ‘मैले पद पाइनँ। मेरो मान्छेले लाभ पाएन भनेर कुण्ठा पाल्ने काम नगरौं। विधिमा चलौं,’ उनले भने। राना ओली समूहका सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell