PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतमा ३ दिनको अन्तरालमा दोस्रो पटक कोरोना केयर सेन्टरमा आगलागी, ७ जनाको मृत्यु



पहिलोपोस्ट

भारतमा ३ दिनको अन्तरालमा दोस्रो पटक कोरोना केयर सेन्टरमा आगलागी, ७ जनाको मृत्यु
REUTERS

भारत, आन्ध्र प्रदेशको विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा आगलागी भएको छ। उक्त होटललाई कोरोना भाइरस संक्रमितहरू राख्न अस्थायी केयर सेन्टर बनाइएको थियो।

आगलागीमा परी ७ जना संक्रमितको निधन भएको बीबीसीले जनाएको छ

आन्ध्र प्रदेशका गृह राज्य मन्त्री मेकाथोटी सुचरिताले बीबीसी हिन्दीसँग बताए अनुसार विद्युत सटका कारण आगो लागेको हो। आइतवार बिहान ५ बजे प्रहरीलाई आगलागी बारे जानकारी दिइयो।  

आगो करिव ४५ मिनेटमा नियन्त्रणमा आएको थियो।

भारतमा ३ दिनको अन्‍तरालमा दोस्रो पटक भिषण आगलागी भएको हो। यसअघि अगस्ट ६ तारिख बिहान ३ बजे गुजरातको अहमदाबाद शहरमा खोलिएको कोरोना विशेष अस्पतालमा आगलागी भएको थियो। श्रेय अस्पतालको क्रिटिकल केयर युनिटमा भएको उक्त दूर्घटनामा परी ८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ३ महिला र अन्य पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell