PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

हामीले नेता विशेषको पछि लागेर हस्ताक्षर गरेका छैनौं: सांसद यज्ञराज सुनुवार



पहिलोपोस्ट

हामीले नेता विशेषको पछि लागेर हस्ताक्षर गरेका छैनौं: सांसद यज्ञराज सुनुवार

काठमाडौं: नेकपा सांसद यज्ञराज सुनुवारले आफूहरु नेकपाको सुदृढ एकताका पक्षमा रहेको बताएका छन्।

पार्टीभित्र विभाजन हुनेगरी विवाद चर्किरहेका बेला एकता जोगाउने अभियानमा हस्ताक्षर गर्दै उनले भने, ‘हामी सामाजिक सञ्जालमा पनि एकता विरोधी विषय उठान गर्दैनौं। नेकपा विभाजन हुनु भनेको ब्यवस्था अलपत्र पर्छ। हाम्रा उपलब्धि संकटमा पर्छन्,’ उनले भने।

उनले आफूहरुले नेता विशेषको पछि लागेर हस्ताक्षर नगरेको स्पष्ट पारे। ‘जिम्मेवार रुपमा हामी एकताका पक्षमा उभिएका हौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell