PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

शीर्ष नेतालाई दाहालको चेतावनी: हाम्रो टाउको गनेर पार्टी विभाजनको सपना देख्ने गल्ती नगर्नुस्



पहिलोपोस्ट

शीर्ष नेतालाई दाहालको चेतावनी: हाम्रो टाउको गनेर पार्टी विभाजनको सपना देख्ने गल्ती नगर्नुस्

काठमाडौं: नेकपा सांसद कृष्णप्रसाद दाहालले पार्टी विभाजनको सपना नदेख्न चेतावनी दिएका छन्।

पार्टीभित्र विभाजन हुनेगरी विवाद चर्किरहेका बेला एकता जोगाउने अभियानमा हस्ताक्षर गर्दै उनले भने, ‘हामी सांसदको टाउको गनेर कसैले पार्टी विभाजनको सपना देखेको भए गणनाको गल्ती नगर्नुस्।’

उनले पार्टी एकता रोक्ने र फुटाउने तागत कसैको नभएको स्पष्ट पारे। ‘विगतमा हामीले कतै केही बोल्यौँ होला। अब हामीबाट एकता विरोधी अभिव्यक्ति हुन्न,’ उनले भने, ‘हामीलाई कसैले पार्टी फुटको हस्ताक्षरका लागि बोलाए कतै जाँदैनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell