PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राष्ट्रिय फुटबल टिमको कोरोना परीक्षण भोलिबाट, खेलाडीसँगै प्रशिक्षक र कर्मचारीको पनि परीक्षण गरिने



पहिलोपोस्ट

राष्ट्रिय फुटबल टिमको कोरोना परीक्षण भोलिबाट, खेलाडीसँगै प्रशिक्षक र कर्मचारीको पनि परीक्षण गरिने

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीको कोभिड १९ पीसीआर परीक्षण सोमबार र मंगलवार हुने भएको छ।

भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीलाई पीसीआर परीक्षण गराएर मात्र खेलाडी अभ्यासमा उतार्ने तयारी गरेको हो। परीक्षणका लागि दुई दिन लाग्ने एन्फाले जनाएको छ।

खेलाडी अभ्यासमा उतार्नका लागि एन्फाले १७ बुँदे प्रोटोकलसमेत तयार गरिसकेको छ। जसमा संक्रमणको लक्षण देखिएको अवस्थादेखि खाना खाने, लुगा धुने विषयमा पनि छुट्टाछुट्टै सन्दर्भहरु उल्लेख छ। त्यस्तै अभ्यासमा जाँदा तापक्रम मापन गर्ने, सामाजिक दुरी कायम राख्ने, कपडा जुत्ता धुँदा वासिङ मेसिनमा छुट्टाछुट्टै धुने, खाना खाने क्रममा सँगै नखाने, 'टेक अवे' गर्ने लगायतका विषयहरु उल्लेख छन्।

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले सरकारको निर्णय अनुसार भदौ १ गतेबाट अभ्यास सुरु थियो। जसका लागि खेलाडीलाई काठमाडौं बोलाइसकेको छ।

केही समयअघि सम्म कोरोना संक्रमित राख्न प्रयोग गरिएको एन्फाको होस्टल खाली गरेर 'डिसइन्फेक्ट' गरिसकेको एन्फाले जनाएको छ।

नेपालले कतार विश्वकप २०२२ तथा चीन विश्वकप २०२३ को छनोट खेलअन्तर्गत 'होम गेम' सेप्टेम्बर/अक्टोबर महिनामा खेल्ने तालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell