PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

स्वास्थ्य मन्त्रालयका ३ जना कार्यालय सहयोगीमा संक्रमण : मन्त्रालय भन्छ, 'काममा खटिएका बेला संक्रमण भयो'



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयका ३ जना कार्यालय सहयोगीमा संक्रमण : मन्त्रालय भन्छ, 'काममा खटिएका बेला संक्रमण भयो'

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत तीन जना कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३ जना कार्यालय सहयोगीमा संक्रमण देखिएको बताए। सवारी चालक तथा कार्यालय सहयोगी गरी ८४ जनाको नमूना संकलन गरिएकोमा आइतवार तीन जनालाई संक्रमण देखिएको गौतमले बताए। मन्त्रालयमा दैनिक काममा रहेका ३ जनामा संक्रमण देखिएको हो। 'काममै खटिनु भएको थियो। उहाँहरुलाई संक्रमण देखिएको हो,' उनले भने।

कर्मचारीलाई संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन नियन्त्रणका विभिन्न उपाय अपनाएको मन्त्रालयले बताएको छ। काममा खटिएका कर्मचारीलाई अस्पताल भर्ना गर्न लागिएको छ।

पछिल्लो दिन नेपालमा कोभिड १९ को संक्रमण तिब्र गतिमा फैलिन थालेको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार भन्दा बढि संक्रमित छन्। मुख्यगरी उपत्यकामा संक्रमण नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीमा देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell