काठमाडौं: थप ३ सय ८० जनामा कोभिड १९ संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३ सय ८० संक्रमित थपिएको बताए। उनका अनुसार जम्मा संक्रमित संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ।
दुई जना संक्रमितको मृत्यु भएको छ। नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ।
हालसम्म निको भएर घर फर्किनेको संख्या १६ हजार ३ सय ५३ छन्।
