PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

सुदूरपश्चिममा थप १५ जनामा कोरोना



पहिलोपोस्ट

सुदूरपश्चिममा थप १५ जनामा कोरोना

कैलाली : सुदूरपश्चिममा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरामा १२ र धनगढीमा ३ गरि १५ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरामा १ सय ५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुषालले बताए।

उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, डोटीकै केआई सिंह गाउँपालिकाका ४ पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ पुरुष र १ महिलागरी ३ जना, त्यसैगरी बैतडीको पाटन नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।

यता धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का २७, २८ वर्षीय पुरुष र वडा नम्बर ८ का ४० वर्षीय पुरुषमा कोरोना देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell