PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पूजा शर्मामाथिको अभद्र टिप्पणीविरुद्ध केकी, भन्छिन् : पत्रकारकै चरित्र र मानसिकता उदांगो भएको छ



पहिलोपोस्ट

पूजा शर्मामाथिको अभद्र टिप्पणीविरुद्ध केकी, भन्छिन् : पत्रकारकै चरित्र र मानसिकता उदांगो भएको छ

काठमाडौं : राष्ट्रिय टेलिभिजनमार्फत् ३ दशक फिल्म पत्रकारिता गरेका प्रकाश सुवेदीबाट अपमानजनक व्यङ्ग्य भोगेकी अभिनेत्री पूजा शर्माको पक्षमा नेपाली अभिनेत्रीहरू उभिन थालेका छन्।

पूजाले शुक्रवार साँझ आफूविरुद्ध भएको अपमानको विरोध गर्दै स्टाटस लेखेकी थिइन्। लगत्‍तै फिल्मकर्मी रविन्द्र सिंह बानियाँले सुवेदीको तरिकाप्रति खेद प्रकट गर्दै उनको कार्यक्रममार्फत् भविष्यमा आफूले निर्माण गर्ने कुनैपनि फिल्मको प्रचार प्रसार नगर्ने जनाए थिए।

त्यस्तै आइतवार अभिनेत्री ऋचा शर्माले पूजा शर्माको समर्थनमा स्टाटस लेखिन्। उनले प्रकाश सुवेदी गलत भएको जनाउँदै लेखिन् – उनकै दृष्टिमा दोष छ।

आइतवार दिउसो अभिनेत्री केकी अधिकारी पनि यस विषयमा बोलेकी छिन्। भनेकी छिन् : अति गरे क्षति हुन्छ।

प्रकाशको ३ दशक लामो इतिहासको वखान अप्रासंगिक भएको तर्क राख्दै लेखेकी छिन्,'नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि भएको छुद्र टिप्पणी अत्यन्तै अशोभनीय र खेदजनक छ।'

केकीले प्रकाशको भाषा, प्रस्तुत गरेको उदाहरण (दो दिन कि चाँदनी) र देखाएको तुज्जुक माथि प्रश्न समेत गरेकी छिन्। भनेकी छिन् : यो सबले वास्तवमा उनकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छ भन्दा फरक नपर्ला।

उनले आफू यस्ता प्रवृति र मानसिकताको सधैं विरोध र वहिष्कार गर्ने बताएकी छिन्।

पूजाका अनुसार प्रकाश सुवेदीले अन्तर्वाताका लागि बोलाउँदा आफूले अस्वीकार गरेको रीस कार्यक्रममार्फत् पोखेका हुन्। उनले पूजाको बौद्धिक एवं शारीरिक बनावटका बारेमा अभद्र टिप्पणी गरेका छन्‍।

यसअघि उनकै कार्यक्रममा पूजालाई देशमा कति वटा प्रदेश छन्? कति वटा जिल्ला छन्? तीन जना मन्त्रीको नाम भन्नुस्? सामान्य ज्ञान सम्बन्धी प्रश्न सोधेका थिए। जवाफ दिन नसकेपछि पूजा ट्रोलको शिकार बनेकी थिइन्। उक्त कार्यक्रम प्रसारण भएपछि उनी मौन थिइन्। तर, पत्रकारले कार्यक्रममै पूजालाई 'दाह्रा निस्किएको अनुहार’ भने पछि उनले प्रश्न गरिन् : कति चुप रहने? कति सहने?

पूजा बोलेपछि उनको पक्षमा धेरै कलाकार बोलिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell