विराटनगर: प्रदेश १ मा आज ४० जना कोभिड १९ संक्रमित थपिएका छन्। मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्याकं अनुसार मोरङको विराटनगरमा १० महिला १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै सुनसरीको धरानमा १ महिला २ पुरुष, इटहरीमा १ महिला १ पुरुष र बर्जुमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी झापाको बाह्रदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
प्रदेश १ मा कोरोना संक्रमितको कुन संख्या १ हजार ४ सय २३ पुगेको छ।
प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ।
प्रदेश १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
हालसम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
